हेटौंडा । माओवादी केन्द्रले हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा अध्यक्षमा युवा नेता सन्तोष न्यौपानेलाई उठाउने सर्वसम्वत निर्णय गरेको छ ।

माओवादी केन्द्रले लामो समयदेखि राजनीतिमा सक्रिय रहेका युवा नेता न्यौपानेलाई उठाउने निर्णय गरेको हो । माओवादी केन्द्र हेटौंडाको बिशेष भेलाले वडा अध्यक्षमा सिफारिस गरेपछि न्यौपानेले वडाको विकासमा कुनै कसर बाँकी नराखि लाग्ने प्रतिवद्धता जनाएका छन ।

न्यौपाने कोभिडको समयमा माक्स वितरण, जनचेतनामुलक कार्यक्रम, वडामा डष्टविन वितरण तथा सरसफाइ अभियानमा र सामाजिक क्षेत्रमा सक्रिय भएर लागेका थिए ।