हेटौंडा । स्थानीय तहको निर्वाचनको मिति नजिकिए संगै नेपाली काग्रेस मकवानपुरले पनि मेयर र उपमेयरको उम्मेद्वारहरु सिफारिस गरेको छ । राजनीतिक रसाकस्सीका बिच काग्रेसले हेटौंडाको मेयर र उपमेयरका उम्मेद्वारहरुको सिफारिस गरेको हो ।

कांग्रेस हेटौंडानगर कार्य समितिको बैठकले हेटौंडाको मेयरमा आनन्दराम पराजुली, उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको हो । उपमेयरमा अमृता थापा इन्दिरा न्यौपाने र तारा राई कार्कीको नाम सिफारिस गरिएको हो । मेयरमा सिफारिस भएका पराजुली २०७४ को स्थानीय तहको निर्वाचन अन्तर्गत हेटौंडाको मेयरमा पराजित भएका थिए ।