हेटौंडा । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी हेटौंडामा बिहीबार निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ । निर्वाचन कार्यक्रम संचालनका लागी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको प्रदेश निर्वाचन आयोगको कार्यालय बागमती प्रदेशको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
उक्त कार्यालयबाट बागमती प्रदेशमा एक जान महिला र अन्य गरी दुई जनाको निर्वाचन कार्यक्रम संचालन हुने जिल्ला न्यायाधीश एवं निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । राष्ट्रिय सभामा बागमती प्रदेशबाट एकजना महिला र एकजना अन्य गरी दुईजनाको पद रिक्त हुँदै छ ।
निर्वाचन आयोग बागमती प्रदेश कार्यालयले पुस १७ गते शनिवार मतदाताको नामावली प्रकाशन गर्ने, पुस २० गते १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
यसैगरी माघ १२ गते विहान ९ बजे देखि ३ बजे सम्म हुँने मतदान कार्यक्रम भने हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको हेटौंडा औधोगिक व्यवस्थापन लिमिटेडको सभागृहमा हुने छ ।
मतदानका लागी बागमती प्रदेशसभाका १ सय ९ जना सदस्यहरु र प्रदेशका १३ जिल्लाका १ सय १९ वटा स्थानीय तहका २ सय ३८ प्रमुख/उपप्रमुख गरी कुल ३ सय ४८ जनाले सहमागीता जनाउँने छन् ।
कार्यालय उद्घाटन कार्यक्रममा निर्वाचन आयोग बगमती प्रदेशका कार्यालय प्रमुख लुमनाथ पोखरेल, जिल्ला अदालतको मुख्य न्यायधिश एवं मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, नेपाल पत्रकार महासंघ मकवानुरका अध्यक्ष मणीराज गौतम लगायतको उपस्थिति रहेको थियो ।

अनिरुद्रखबर संवाददाता
थप जानकारी