हेटौंडा । नेकपा (माओबादी केन्द्र) की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा प्रदेश सभा मकवानपुर २ (क) का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कुमारी मोक्तानले हेटौंडा ११ सिमलटारबाट घरदैलो अभियान सुरु गरेकी छिन् ।
उनले घरदैलो अभियान सुरु गर्दै सिमलटारबासीको समस्या, गुनासो र अपेक्षाहरु सुनिन् । आफ्नो टोलमा मत माग्दै आइपुगेकी मोक्तानसँग स्थानीयहरुले बसोबास गर्दै आएको जमिनको लालपूर्जा छिट्टै उपलब्ध गराउन पहल गरिदन आग्रह गरेका छन् ।
सिमलटारको बुद्ध चोकबाट सुरु भएको घरदैलो बिभिन्न टोलमा पुगेर बुद्ध चोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै मोक्तानले यस क्षेत्रको समस्याबारे आफु परिचित रहेको र लालपूर्जा उपलब्ध गराउन आफुले सकेको पहल गर्ने बताइन् ।












प्रतिक्रिया दिनुहोस्