हेटौंडा । सव डिभिजन वन कार्यालय, हेटौडाको आयोजनामा हेटौडामा रहेको बनस्खण्डी सामुदायिक वन समूहको सभाहलमा एक दिने लेखा ब्यवस्थापन तथा माईनुट लेखा तालिम सम्पन्न भएको छ । सव डिभिजन वन कार्यालय, हेटौडाको चालु आव. ०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तालिमको आयोजना गरिएको हो ।
तालिममा लेखा ब्यवस्थापन तथा माईनुट लेख्ने विधिको बारेमा जानकारी गराईएको थियो । समूहमा हुने आयव्यव, योजना तर्जुमा, साधारणसभा, उपसमिति, लेखा परिक्षण, समुहको विधान कार्ययोजना, वन व्यवस्थापन, वन सदुपयोग, बुझबुझारथ, जिन्सी खाता, बैक नगदी खाता, वन डढेलो नियन्त्रण, सामाजिक कार्यहरु, वन उद्यम, आयआर्जन लगायतका विषयहरुमा सहायक वन अधिकृत रामचन्द्र श्रेष्ठ। फरेष्टर यदुकुमार घिमिरे र रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेलले सहजीकरण गरेका थिए ।
तालिम समूह सञ्चालनको लागि उपयोगी भएको महिला सिर्जना सामुदायिक वनकी अध्यक्ष लक्ष्मी श्रेष्ठले बताईन । तालिममा सव डिभिजन वन कार्यालय, हेटौडा अन्तरगत रहेका विभिन्न सामुदायिक वनका अध्यक्ष, सचिव, कोषाध्यक्ष, सदस्य र समूहका कर्मचारी समेत गरि २५ जनाको सहभागिता थियो ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्