हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले जग्गादातालाई सम्मान गरेको छ । ५ नं. वडा कार्यालय र स्वास्थ्य चौकी निर्माणस्थलको जग्गा उपलब्ध गराउने जग्गादातालाई सम्मान गरेको हो ।
पालिकाले ५ नं. वडा राजदमार निवासी टेकबहादुर जिम्बा र फलेमान सिं दोङलाई सम्मानपत्र सहित सम्मान गरेको देवराज लामिछानेले जानकारी दिए । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी, बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्तबहादुर खत्री लगायतकाले उनीहरुलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।












प्रतिक्रिया दिनुहोस्