हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा सञ्चालन भएको एक महिने लोकसेवा आयोग तयारी कक्षा सकिएको छ ।

बागमती प्रदेश लोकसेवा आयोगको प्रशासन तर्फ पाँचौ तहको पाठ्यक्रममा आधारित भएर तयारी कक्षा सञ्चालन गरिएको थियो । हेटौंडास्थित विभिन्न कार्यालयका अधिकृत स्तरमा कार्यरत कर्मचारीहरुबाट कक्षा सञ्चालन गरिएको थियो ।

भौतिक रुपमा कक्षा चलाइएकोमा कोभिड १९ को बढ्दो जोखिमका कारण भर्चुअल माध्यम जुम मार्फत लोक सेवा तयारी कक्षा संचलन गरिएको थियो ।

समापन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामा, उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख विष्णु कुमारी लामिछाने लगायतकाको सहभागिता रहेको थियो । लोकसेवा आयोग तयारी कक्षा पुष २२ गते बाट संचालन भएको थियो ।