हेटौंडा । माओवादी आन्दोलनसंगै लामो संघर्षबाट राज्य ब्यवस्थामा परिवर्तन आएको नेकपा (माओबादी केन्द्र) की केन्द्रिय सदस्य एवं मकवानपुर ईञ्चार्ज कुमारी मोक्तानले बताएकी छिन ।

आईतबार नेकपा (माओबादी केन्द्र) जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत भएको थाहा नगरपालिका वडा नम्बर ५ को सम्मेलनलाई सम्बोधन गर्दै मोक्तानले परिवर्तन पश्चात प्राप्त उपलब्धिलाई संस्थागत गर्न पनि माओबादीको महत्वपूर्र्ण भुमिका हुने बताइन ।

त्यस्तै सम्मेलनले थाहा नगरपालिका वडा नम्बर ५ मा निमेष महर्जनको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी समेत चयन गरेको छ । कमिटिको उपाध्यक्षहरुमा अजय गुरुङ, बिरमान थिङ र रहरबहादुर घलान, सचिवमा श्रीकृष्ण लामा, सहसचिवमा विक्रम थिङ र कोषाध्यक्षमा रघुनाथ वाइबा चयन भएका छन् ।

माओवादी केन्द्र वडा न ५ का अध्यक्ष जगन्नाथ वाइवाको सभाध्यक्षतामा सम्पन्न सम्मेलनमा माओवादी केन्द्रका उपत्यका बिशेष कमिटीका उपाध्यक्ष तथा ३ महिने अभियान अन्तरगत थाहानगर कमान्डर प्रकाश चन्द्र पाण्डेको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सदस्य इन्द्रबहादुर श्रेष्ठ, थाहा नगर अध्यक्ष बिनोदकुमार लामा, अभियानका वडा नम्बर ५ का कमान्डर अरुण रायमाझी, वाइसिएल थाहा नगर अध्यक्ष मानसिंह दोङ लगायतका माओवादी नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।