हेटौंडा । हेटौंडा–६, चौघडामा रहेको रक्षादेवी मन्दिरलाई यहाँको स्थानीय एक व्यक्तिले आर्थिक सहयोग गरेका छन । हेटौडा–६ चौघडा निवासी सरस्वती कोईरालाले मन्दिरलाई ६० हजार ६० रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।

मन्दिर परिसरमा बुधवार आयोजित एक कार्यक्रममा कोइरालाले आफनो स्वगीय पति लोकनाथ कोइरालाको स्मृतिमा उक्त रकम सहयोग गर्नु भएको हो । कोइरालाले उक्त रकम रक्षादेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेश कुमार बानियाँलाई हस्तान्तरण गरका थिए ।

कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका सचिव राजकुमार फुयाँल, कोषाध्यक्ष केशव धिताल, केशव कोइराला लगायत स्थानीयको सहभागिता थियो ।

हेटौडा–६ रक्षादेवी टोलमा रहेको यो मन्दिरको भौतिक सुधारको लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन ।

भीमसेन पौडेल
थप जानकारी