हेटौंडा । सामुदायिक वनहरुको अन्तराष्ट्रिय सञ्जालको नेतृत्व नेपालले पाएको छ । नैरवीमा भएको भेलाल १६ वटा देशहरुको प्रतिनिधित्व गर्दै बनाएको कार्यसमितिमा बागमती प्रदेश सभाकी सदस्य एबम् सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी निवर्तमान अध्यक्ष भारती पाठक उक्त सञ्जालको अध्यक्ष चयन भइन् ।

कार्य समितिमा अफ्रिका, ल्याटिन अमेरिका र यशियाबाट १६ वटा देशहरुको सहभागिता रहेको छ । उक्त समितिले विश्वभरीका सामुदायिक वनहरुमा रहेका आदिबासी, स्थानिय समुदाय, महिला लगाएतको बिषयमा अधिकार, दिगो वन ब्यबस्थापनसंगै जिविकोपार्जन, क्षमता अभिबृद्धी लगाएतको बिषयमा वकालत गर्नुको साथै अधिकार सुनिश्चिताको लागि समेत काम गर्नेछ । बिषेशगरी जलवायुको क्षेत्रमा काम गर्ने समेत पाठकले जनाइन् ।

मकवानपुरकी पाठक २५वर्षदेखि सामुदायिक वनको क्षेत्रमा निरन्तर सक्रिय रहदै हाल अन्तराष्ट्रिय स्तरमा सामुदायिक वनको नेतृत्व गर्ने पहिलो नेपाली महिला समेत हुन। उनी नेकपा एमाले वन तथा वातावरण विभाागकी प्रमुखसमेत रहेकी छन् भने सांसद पाठक प्राकृतिक स्रोत साधन व्यवस्थापन अभियान्ता हुन् ।