हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पसको प्रमुखमा डा. यम बहादुर सिलवाल नियुक्त भएका छन ।

सञ्चालक समितिको शनिबारको बैठकले डा. सिलवाललाई क्याम्पस प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि डा. शंकरप्रसाद उपाध्यायको कार्यकाल सकिएपछि क्याम्पस सञ्चालक समितिले डा. सिलवाललाई प्रमुख नियुक्त गरेको छ ।

सिलवालले भारतको राजस्थानस्थित मेवार्ड विश्वविद्यालयबाट विद्यावारिधी उपाधि हासिल गरेका थिए । मकवानपुर बहुमुखी क्याम्पसमा करिब ६ हजार विद्यार्थी अध्ययनरत छन् ।