हेटौंडा । मकवानपुरको हेटौँडा–११, नवलपुरमा सुमोको ठक्करबाट घाइते भएका पैदल यात्रीको आइतवार मृत्यु भएको छ । हेटौँडा–११ निवासी ३५ बर्षिय ज्ञाने सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडा स्थित चन्द्र सुर्य पेट्रोल पम्प नजिक शनिवार राती सुमोको ठक्करबाट पैदल यात्री घाइते भए । घाइतेको उद्दारगरी हेटौँडा अस्पतालमा पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । शनिवार घटनाको जानकारी पाएसँगै घटना स्थल पुगेको प्रहरी टोलीले सीसिटिभीका आधारमा पैदल यात्रीलाइ ठक्कर दिने सवारी साधनको पहिचान गरेको हो ।

ठक्कर दिई फरार प्रदेश १–०२–०१ ज ४३०० नम्बरको टाटा सुमोलाई इलाका प्रहरी कार्यालय इटहरीको समन्वयमा इटहरीबाट नियन्त्रणमा लिएको र सुमो तथा चालक इटहरी प्रहरीको नियन्त्रणमै रहेकोले छ । सुमो र चालक मोरङ ग्रामथाङ नगरपालिका ७ बस्ने ३६ बर्षिय चेतनाथ सापकोटालाई हेटौँडा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।