हेटाैडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले विहीबार इस्लाम समुदायमा मनाइँदै गरिएको ईद पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन ।

शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले इस्लाम धर्मका अनुयायीहरुमा सुख, शान्ति एवम् सुवास्थ्यका लागि शुभकामना व्यक्त गरे । ‘ईद ऊल फित्रको यस सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली इस्लाम धर्मका अनुयायी दाजुभाई–दिदिबहिनीहरुमा सुख, शान्ति एवम् सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । ईद मुवारक भन्न चाहन्छु । ’ प्रदेश प्रमुख शर्माको शुभकामना सन्देशमा उल्लेख छ ।

शुभकामना सन्देशमा प्रमुख शर्माले हाम्रो देश बहुजातीय, बहुभाषिक र बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त रहेको भन्दै भौगोलिक विविधता अनुसार कला, संस्कृति र परम्पराहरु पनि बहुआयामिक भएको उल्लेख छ । प्रमुख शर्माको सन्देशमा हिन्दु, बौद्ध, इस्लाम तथा इसाई मतावलम्बीहरुबीच उच्चस्तरिय सहिष्णुता कायम रहेको जनाइएको छ । ‘हाम्रा आफ्नै खालका चाडपर्वहरु मध्येको इद पनि इस्लाम मतावलम्बी समुदायबीच मनाइने एउटा महत्वपूर्ण पर्व हो ।’ प्रमुख शर्माको सन्देशमा उल्लेख छ ।