
हेटौंडा । पश्चिम मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको हो ।
बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन गएका मनहरी गाउँपालिका वडा नम्बर ७ का ३३ वर्षीय शेखर थापा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
थापा खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ । मुचुल्का पश्चात शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको जनाइएको छ ।
Visited 318 times, 1 visit(s) today
प्रतिक्रिया दिनुहोस्