हेटौंडा । पर्यटन प्रवद्र्धन, कला जागरण तथा कला नगरिको रुपमा विकास गर्न हेटौँडामा तीन दिने कला महोत्सव हुने भएको छ । सटर्डे प्लेनएअरको आयोजनामा आगामी जेठ ३ देखि ५ गतेसम्म कला महोत्सव हुन लागेको शुक्रवार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा हुने कला महोत्सवबाट उठेको रकमको ५० प्रतिशत मानव सेवा आश्रममलाइ सहयोग गरिने कला व्यवस्थापक दिवेशमान प्रधानले जानकारी दिए । काठमाडौं, पोखरा सहितका स्थानबाट करिव ५० कलाकारको सहभागितामा हुने कला महोत्सवमा इतिहास र संस्कृत विद्हरुको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिकाको प्रमुख ऐतिहासिक, साँस्कृतिक तथा पुरातात्विक सम्पदाहरुको प्राचिनता, मौलिकता र जीवन्तता कायम रहनेगरी ललितकलाको माध्यमबाट तिनको संरक्षण र प्रवद्र्धनमा टेवा पु¥याउने आयोजकले ध्येय राखेको छ । हेटौँडाको सिद्धार्थ हलमा चित्रकला प्रदशनी हुने तथा भुटनदेवी मन्दिर, पुष्पलाल पार्क, शहीद स्मारक पार्कमा चित्रकला कार्यशाला हुनेछ ।

तीन दिन चल्ने कला महोत्सवमा चित्रकला प्रर्दशनी, कार्यपत्र प्रस्तुती, प्रत्यक्ष चित्रकला सिर्जना, खुल्ला चित्रकला कार्यशाला, कला संवाद लगायतकाको कार्यक्रम हुनेछ । कला महोत्सवमा आएका कलाकारहरुलाइ मकवानपुरको पर्यटकीय र धार्मिक स्थानको भ्रमण समेत गराइने आयोजकले लक्ष्य राखेको छ । चित्रकला प्रदर्शनी करिब दुईहजार जनाले हेर्ने अनुमान आयोजकले गरेको छ भने कला कार्यशालामा करिब तीन हजार जना साक्षातकार हुने अनुमान छ । महोत्सव सम्पन्न गर्न करिव साढे छ लाख लाग्ने अनुमान गरिएको छ । गोरखापत्रबाट