हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगरवासीका लागि खानेपानीमा दिएको सहुलिएतमा राजदेवीका उपभोक्ता पनि जोडिएका छन् ।

नगरमा बसोवास गरेर हेटौंडा खानेपानी बोर्डको धारा मार्फत खानेपानीको प्रयोग गरेका स्थानियका लागि दश हजार लिटर सम्म निःशुल्क प्रयोगका लागि दिएको सुबिधाबाट हेटौंडा–१७ राजेदेवीका बासिन्दा पनि जोडिएका हुन् ।

बुधबार रानिखोला राजदेवी खानेपानी तथा सरसफाई उपभोक्ता समिति खानेपानी बोर्डमा हस्तान्तरण भएसँगै उनिहरु उपमहानगरले खानेपानीमा दिएको सुबिधा उपभोग गर्न पाउँने भएका हुन् । उपभोक्ता समिति हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, उप प्रमुख राजेश बानियाँको उपस्थितीमा बोर्डमा हस्तान्तरण भएको हो ।

हस्तान्तरणसँगै राजदेबी सहित अशोक टोल, जोरधारा कैलासेश्वर, धेल, लक्ष्मीबैकटेश क्षेत्रका ५ सय घर धुरी खानेपानीमा उपभामानगरले लिएको सुबिधा उपभोग गर्न पाउँने भएका छन् । समिति मार्फत २७८ घाराबाट करिब २ हजार ५ सय जनसंख्या लामाम्बित हुँदै आएका थिए ।

हस्तान्तरण कार्यक्रममा नगर प्रमुख लामाले जलश्रोतको धनी देशमा चिनिने हामि नै खानेपानीको सुबिधा बाट बञ्चित हुँन पर्ने अवस्था आउन नदिनका लागि उपमहानगरले दश हजार लिटर सम्म पानी निःशुल्क गरेको बताइन् ।

नगरबासिलाई स्वच्छ र सफा खानेपानीको प्रवन्ध मिलाउँनका लागि बोर्डसँग समन्वय गर्दै अघि बढिरहेको भन्दै अन्य उपभोक्ता समिति पनि बोर्डमा समाहित हुन आवश्यक रहेको बताइन् । नगरवासीलाई खानेपानीको कमि हुन नदिनका लागि बोर्डले श्रोत पहिचान गर्दै पानि बितरणको काम गरीरहेको भन्दै आउँने समस्यालाई पनि मिलेर समाधान तर्फ जान उपमहानगर तयार रहेको बताइन् ।

कार्यक्रममा नगर उपप्रमुख राजेश बानियाँले स्थानियका समस्यालाई बुझ्दै खानेपानी बोर्डले स्वच्छ पानि बितरणमा ध्यान दिन सुझब दिए । सार्वजनिक महत्वका क्षेत्रहरुमा बोर्डले सक्ने जति छुट दिएरै पानिको बितरणको व्यवस्था मिलाउनु पर्ने उनको भनाई थियो । कार्यक्रममा बोर्डका अध्यक्ष प्रताप बिष्टले स्थानियको गुनासालाई समाधान गर्दै स्वच्छ खानेपानी बितरणमा ध्यान दिने बताए । आवश्यकता अनुसार पानिको व्यवस्थापन हुने उनको भनाई थियो ।

उपभोक्ता समितिका अध्यक्ष नबराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १७ का अध्यक्ष उद्धब सत्याल, खानेपानी बोर्डका सदस्यद्धय डाक्टर कृष्णप्रसाद घिताल, इन्द्रप्रसाद नेपाल, बोर्डका कार्यकारी निर्देशक बिष्णुप्रसाद सापकोटा उपभोक्ता समितिका उपाध्यक्ष कृष्णप्रसाद नेपाल लगाएतकाले मन्तव्य राखेका थिए । कार्यक्रमा उपभोक्ता समितिलाई अहिले सम्मको अवस्थामा ल्याउन भुमिका खेल्नेहरुलाई नगद सहित सम्मान गरीएको थियो । उपमहानगरले बोर्ड भन्दा बाहेक रहेर खानेपानीको उपभोग गरीरहेका नगरवासीलाई सुबिधा उपलव्ध गराएको छैन ।