![](https://anirudrakhabar.com/wp-content/uploads/2024/05/Rani-ban-2-832x1024.jpg)
![](https://anirudrakhabar.com/wp-content/uploads/2024/05/Rani-ban-2-832x1024.jpg)
हेटौँडा । काठमाडौंमा रहेको लर्ड बुद्व कलेजका विद्यार्थीहरुद्वारा हेटौँडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन गरेका छन । सहभागी विधार्थीहरुलाई समूहका उपाध्यक्ष केशव धिताल र कार्यालय सचिव भीमसेन पौडेलले समूहले गरेका विभिन्न कार्यहरुको जानकारी गराएका थिए ।
सहभागीहरूलाई समूहको पृष्ठभूमि, वन संरक्षण, व्यवस्थापन, महिला सहभागिता, सामाजिक कार्य, संस्थागत विकास लगायतका विषयहरूमा जानकारी गराएका थिए । विद्यार्थीहरूले वन समूहद्वारा निर्मित पिसपार्कको समेत अवलोकन गरेका थिए ।
सर्वमान्य गणेशमान सिह वन संरक्षण प्रथम पुरस्कार, वनदेवी पुरस्कार , वन संरक्षण युवा पुरस्कार, बागमती प्रदेश स्तरीय प्रथम पुरस्कार र जिल्ला स्तरीय पुरस्कार समेत प्राप्त गरेको यो समूहमा हाल सम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका समेत गरि ६ सय ७० वटा टोलीहरूले अवलोकन गरिसकेको समूहले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्