हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ८ गुरुटोलमा बँदेलको आक्रमणमा परि शुक्रवार दिउँसो एक जना घाइते भएका छन् । स्थानीय २४ बर्षिय सौगात गुरुङ बँदेलको आक्रमणमा परि घाइते भएका हुन ।

गुरुङ घर नजिक रहेको सिम्पानी देवकोट सामुदायिक वनमा बाख्रा चराउन गएका बेला जंगली जनावर बँदेलको आक्रमणमा परि घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते गुरुङको आफन्तले उपचारको लागी मनकामना अस्पताल चितवन लगेको र उहाँको बाया खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । घट्नाबारे थप अनुसन्धान भइरहेको छ । मनहरी क्षेत्रमा यसअघि हात्ति, बाघ लगायतका जंगली जनावरले घरमा क्षति पु¥याउनुका साथैं मानविय क्षति पनि गरिरहेको छ ।