हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपालको पाठ्यक्रम बदल्नुपर्ने बताएका छन । शैक्षिक अन्तरक्रिया तथा उत्प्रेरणा कार्यक्रमलाई शनिवार हेटौँडामा सम्बोधन गर्दै उनले पुरानै शैलीको पाठ्यक्रम बदलेर नयाँ ढाँचामाको शिक्षा आवश्यक भएको बताए ।
भौतिक रुपमा विद्यालयका संरचनाहरु राम्रो भएपनि पाठ्यक्रम पुरानै हुँदा शिक्षामा सुधार आउन नसकेको उनले बताए । अहिलेको पाठ्यक्रमले सौद्धान्तिक ज्ञान मात्रै दिएको बताउँदै उनले व्यवहारिक र प्राविधिक शिक्षाको अभावमा अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने थलो बनेको बताए । सौद्धान्तिक शिक्षा राम्रो भएपनि व्यवहारिक ज्ञान छैन, त्यसैले शिक्षाप्रति अहिले अरुची देखियो–मुख्यमन्त्रीले भने ।
माविसम्मको प्रदेश सरकारले नीति बनाएको बताउँदै प्राविधिक शिक्षा अनिवार्य गर्नुपर्नेमा उनको जोड छ । अबको शिक्षामा नर्सिङ र इन्जिनियरिङ कोर्ष अनिवार्य हुनुपर्ने उनले बताए । सिकाउने प्रणाली र शिक्षा प्रणाली पनि बदल्न जरुरी रहेको बताउँदै कुनैपनि बिद्यालर्थी फेल हुन नहुने र क्षमता अनुसारको योग्यताक्रमका आधारमा विद्यार्थीलाइ लैजानुपर्ने बताए ।
प्रसङ्ग जोड्दै बागमती प्रदेशको राजधानी हेटौँडा बिस्तार गरिने उहाँले बताए । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै शहर बिस्तारको योजना राखेर प्रदेशको राजधानी जस्तै बनाउने मुख्यमन्त्रीले उद्घोष गरे ।
कार्यक्रममा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला, प्रा.डा. पेसल खनाल र स्थानीय शासन विज्ञ सोमत घिमिरेले प्रमुख वक्ताको रुपमा प्रशिक्षण दिएका थिए । हामी सुधार्छौ हाम्रो विद्यालय राष्ट्रिय अभियानका क्रममा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको आयोजना, सामाजिक विकास मन्त्रालयको सहकार्य एवम् शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको समन्वयमा भएको कार्यक्रममा बकैया, मकवानपुरगढी, बागमती, मनहरी गाउँपालिका र हेटौँडा उपमहानगरपालिका सामुदायिक विद्यालयका प्रध्यानाध्यापक, व्यवस्थापन समिति अध्यक्षको सहभागिता रहेको छ ।












प्रतिक्रिया दिनुहोस्