हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नं. २ मा घाँस काट्न गएका युवाको रुखले च्यापिएर मृत्यु भएको छ ।

आफ्नै बारीमा घाँस काटी रहेको अवस्थामा मङ्गलवार अचानक आएको हावाहुरी तथा पानीको कारणले साजको रुख अचानक भाचिन गई शरिरमा लाग्दा मनहरी–२ ट्याङ्की दमार घर भएका २२ बर्षिया राम बहादुर गोलेको घटना स्थलमै मृत्यु भएको २ नं. वडा अध्यक्ष राज कुमार पाख्रिनले जानकारी दिए ।

मृतक गोलेको शव पोष्टमार्टमका लागि हेटौँडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको छ ।