हेटौंडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाबाट खानीजन्य माटो निकासी भएको आशंका गरिएको छ । बकैया–४ सोवी र बकैया–११ कालिदमारबाट निकासी भइरहेको माटो खानीजन्य भएको आशंका गरिएको हो ।

पालिकाले एकमुष्ट राजस्व लिएर माटो विक्री गरिरहेको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले जानकारी दिए । मकवानपुरको बकैया गाउँपालिका बहुमूल्य युरेनियमको खानी रहेको क्षेत्र धियाल रहेको जानकारी दिर्दै उहाँले अहिले निकासी भएको माटो धियाल क्षेत्रको नभएको प्रतिक्रिया दिए ।

यता बकैया गाउँपालिका वडा नं. ११ का वडा अध्यक्ष गोपाल बहादुर नेसुरले पालिकामा राजस्व तिरेरै माटो निकासी भइरहेको जानकारी दिए । उनका अनुसार मकवानपुरको रिद्धि सिद्धिले पनि बेला बेलामा सिमेन्ट उत्पादनका लागि यहाँको माटो लैजाने गरेको बताए । दाङमा रहेको घोराही सिमेन्टका लागि यहाँको माटो लैजादै गर्दा गरोकिएको र थप जानकारी लिइरहेको बताए ।

माटो निकासीको क्रममा ढुवानी गर्ने ट्रकमा निकासीका लागि आवश्यक कागजपत्र नभेटिएपछि हेटौँडा उपमहानगरपालिकाको नगरप्रहरीले शुक्रबार राती १५ वटा ट्रक नियन्त्रणमा लिएको छ । ट्रकलाई नियन्त्रणमा लिएर हेर्ने क्रममा माटो खानीजन्य र बहुमूल्य खनिजसहितको भएको अनुमान गरिएको छ । माटो निकासीको विषयमा सरोकारवाला निकायले आवश्यक गरिरहेको छ ।

Visited 309 times, 1 visit(s) today