हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । विभिन्न ५१ वटा सूचक पूरा गरेसँगै असार २९ गते यस वडालाई बालमैत्री स्थानीय शासनयुत्त वडा घोषणा गर्ने तयारी गरिएको वडा अध्यक्ष रामकृष्ण थापाले बताए ।
वडा कार्यालयले सोमबार पत्रकार सम्मेलन गर्दै घोषणा कार्यक्रमबारे जानकारी दिइएको थियो । उक्त कार्यका लागि वडाअध्यक्ष थापाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । समितिले घोषणाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको र हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्न लागिएको अध्यक्ष थापाले बताए ।
वडामा गठित बालमैत्री स्थानीय शासन वडा समिति तथा बाल अधिकार समितिले वडामा रहेका १९ वटा टोल विकास संस्थामा २१ वटा बाल समूह निर्माण गरी विभिन्न सुचकमा काम गरिएको वडाध्यक्ष थापाले बताए ।
हरेक बाल समूहमा २५ जना सदस्य रहेका छन्, हामीले डेढ वर्षदेखि वडालाई बालश्रम र बालविवाहमुक्त बनाउन विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आयौं, वडाध्यक्ष थापाले भने । प्रयोग गरिएका सुचकलाई सम्बन्धित निकायले मापन गरेपछि कार्यपालिकाको बैठकले २९ गते वडालाई बालमैत्री स्थानीय शासनमुक्त घोषणा गरिन लागेका हौं । यस कार्यले वडाभित्रका आर्थिक तथा समाजिक रुपान्तरण हुने विश्वास लिएको उनले बताए । कार्यक्रममा वडा सदस्य राजु मुक्तान, गोरखनाथ राय, वडा सचिव भगवती रिमाल, वडा बाल मैत्री सहजकर्ता रोजिता दंगाल लगायतको उपस्थिी रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्