हेटौँडा । माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुर जिल्ला कमिटी अन्तरगतको प्राविधिक विभाग मकवानपुरको शनिवार हेटौँडामा प्रथम भेला भएको छ । भेलाले निर्मल तिमल्सिनाको अध्यक्षतामा १५ सदस्यीय प्राविधिक विभाग गठन गरेको हो । विभागको सचिवमा सुशान्त कोइराला चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा निलम पाख्रिन, सुमन श्रेष्ठ, आर्यन सिंह, अनुप थोकर, मनिष बलामी, प्रमिनगोपाल श्रेष्ठ, किशोर बम्जन, मनोज रसाईली चयन भएका हुन । विभागमा पछि चारजना सदस्य मनोनित गरिने जिल्ला अध्यक्ष बुद्ध अर्यालले जानकारी दिए ।

अनुसन्धानमुलक प्राविधिक शिक्षा र शैक्षिक बेरोजगारी अन्त्यका निम्ति, प्राबिधिक विभाग भन्ने सिद्धान्त अनुरुप अखिल क्रान्तिकारी मकवानपुरले प्राविधिक विभाग गठन गरेको अर्यालको भनाइ छ । कार्यक्रममा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।