हेटौँडा । हेटौँडा–१० मा राप्तीखोलाले बगाउँदा बिहीवार एकजनाको मृत्यु भएको छ । राप्ती खोलाबाट अन्दाजी ३०–३५ वर्षीय पुरुषलाई भेटेर उद्धार गरिएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए ।

फेला परेका पुरुष राजु पन्त रहेको र उहाँ विगत केही समयदेखि हेटौँडा–१ जरुवाटोलमा बसोबास गरी तरकारी लोडअनलोडको काम गर्ने गरेको भनेर स्थानीय निरू आले मगरले पहिचान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको छ भने घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।