हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा विभिन्न क्षेत्रमा कर वृद्धि गरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

कर वृद्धिको विरोधमा उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलन गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

अस्वभाविक रुपमा उपमहानगरपालिकाले कर वृद्धि गरेकाले बाध्य भएर आन्दोलनका कार्यक्रम गर्नु परेको मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले बताए ।व्यवसायीहरुले उपमहानगरपालिकामा धर्ना दिनेदेखि चाबी हस्तान्तरण गर्नेसम्म संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

संघले पहिलो चरणको आन्दोलनका कार्यक्रम साउन ३२ गतेसम्म जारी राख्ने घोषणा गरेको छ ।