हेटौँडा । मकवानपुरको कैलाशमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
सोमबार साँझ कैलाश गाउँपालिका—५ काफलडाँडाका बस्ने २८ वर्षीय मंगलबहादुर पाख्रिनले १८ वर्षीया श्रीमती लक्ष्मी पाख्रिनलाई बन्चरो प्रहार गरेका हत्या गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
पाख्रिनले श्रीमती लक्ष्मीको टाउको र गर्दनमा बन्चरो प्रहार गरेका थिए । बञ्चरो प्रहारबाट लक्ष्मीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना भएलगत्तै स्थानीय मंगलबहादुरलाई स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पालुङलाई खबर गरेका थिए ।
मंगलबहादुरलाई इलाका प्रहरी कार्यालय पालुङले नियन्त्रणमा लिसकेको जनाइएको छ । उनी मानसिक विरामी रहेको र औषधि सेवन गरिरहेको बुझिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्