www.anirudrakhabar.com

हेटौैँडा । गत आर्थिक बर्षमा मकवानपुर र धादिङलाई कार्यक्षेत्र बनाएका काम गरेको हेटौँडाको नारी संरक्षण केन्द्रको २४ औं साधारण सभा तथा सामाजिक परिक्षण भएको छ ।
हेटौँडा उपमहानगरपालिका–४ स्थित आफ्नै सभाहलमा भएको केन्द्रको सभारण सभा तथा परीक्षणको हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । कार्यक्रमको उद्घाटन गर्दै केन्द्रले बाल संरक्षण तथा अभिमुखिकरणमा खेलेको भुमिका महत्वपुर्ण रहेको बताइन् ।

केन्द्रले २०८०-८१ मा दुइ जिल्लामा गरेका कामको बारेमा जानकारी दिएको थियो । एक बर्ष भित्र गरेका कामको बारेमा सस्थाका कार्यक्रम संयोजक जोरोम घलानले प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको प्रतिवेदन अनुसार २१ जना बालिकालाई संरक्षणमा राखेर अध्ययन गराइरहेको उल्लेख छ ।

केन्द्रका अध्यक्ष दिपाकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका महिला बिकास अधिकृत चन्द्रकुमारी व्यन्जनकार, हेटौंडा उपमहानगपालिकाका सामाजिक बिकास महशाखा प्रमुख भिमप्रसाद तिमल्सिना, माइति नेपालका कार्यक्रम संयोजक माया लामा, अधिकारकर्मी शर्मिला श्रेष्ठ, केन्द्रका उपाध्यक्ष भिष्मराज सापकोटा लगाएतको आतिथ्यता रहेको थियो ।

२०५८ सालमा स्थापना भएको सस्थाले मकावनपुरका हेटौंडा उपमहानगरपालिकाको बिभिन्न वडा र धादिङको रुभिभ्यालि गाउँपालिकामा २०८०-८१ मा महिला हिंसाबारे सचेतना, बालगृह संचालन, सिपमुलक तालिम लगाएतको क्षेत्रमा काम गरेको बताइएको छ ।