हेटौँडा। लागुऔषध मुद्दामा अदालतबाट दोषी ठहर भएका एक फरार अभियुक्तलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
मकवानपुर जिल्ला अदालतले २०८० साउन १४ गते खैरो हेरोइन मुद्दामा ७ महिना २६ दिन कैद तोकिएका हेटौँडा उपमहानगरपालिका–४ का समर भन्ने टेकनाथ न्यौपानेलाई प्रहरीले हेटौँडा उपमहानगरपालिका–१० बसपार्कबाट पक्राउ गरेको हो ।
कैद असुली गर्नका लागि प्रहरीले न्यौपानेलाई जिल्ला अदालतमा बुझाएको थियो । अदालतले न्यौपानेलाई क्षेत्रीय कारागार भीमफेदी पठाएको छ ।












प्रतिक्रिया दिनुहोस्