हेटौँडा । कान्तिलोकपथ सडक खण्डको हेटौँडा उपमहानगरपालिका-६ चौघडा बजारमा शुक्रबार अटोको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । दुर्घटनामा परी हेटौँडा उपमहानगरपालिका- ६, शान्तिटोलका ६८ वर्षीय जनक राईको मृत्यु भएको हो ।

राईलाई हेटौँडा बजारबाट चुच्चेखोलातर्फ जाँदै गरेको ना २ ह २६९२ नम्बरको अटोले ठक्कर दिएको थियो । अटोको ठक्करबाट घाइते भएका राईलाई उपचारको निम्ति पुरानो मेडिकल कलेज भरतपुर चितवन लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अटो र अटो चालक ३१ वर्षीय शंकर सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।