हेटौँडा । ३७ औँ विश्व एड्स दिवसको अवसरमा हेटौँडाको बुद्ध चोकमा दीप प्रज्वलन गरिएको छ । स्वास्थ्य निर्देशनालय हेटौँडाको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।
“एड्स अन्त्यको लागि सबैको अधिकार सुनिश्चित गरौँ“ भन्ने मुल नाराका साथ भएको दीप प्रज्वलन कार्यक्रममा एड्सका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौनधारणसहित गरिएको थियो ।
ए.एच.एफ. नेपाल मकवानपुर र स्थानीय संस्थाहरूको सहकार्यमा कार्यक्रम भएको हो । जनस्वास्थ्य प्रशासक निर्मल घिमिरेको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका एच.आई.भी. फोकल पर्सन जितेन्द्र कर्ण, गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा र जिल्लामा एच.आई.भी. सम्बन्धित संस्थाका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै जनस्वास्थ्य प्रशासक घिमिरेले सहभागी सबैलाई धन्यवाद दिर्दै आगामी डिसेम्बर १ मा हेटौँडा अस्पतालको प्राङ्गणमा सचेतनामूलक नाटक प्रदर्शन गरिने जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस्