हेटौँडा । तामाङ पत्रकार संघ बागमती प्रदेश समितिको शनिवार हेटौँडामा भएको दोस्रो अधिवेशनबाट चितवनका ज्ञानेन्द्र तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा जगतमान तामाङ (काभ्रे), सचिवमा दिल बहादुर तामाङ (मकवानपुर), सह–सचिवमा मायालु लामा (काठमाडौ), कोषाध्यक्षमा पेमा लामा दोङ (दोलाखा) चयन भएका हुन ।

त्यस्तै समितिको सदस्यहरुमा क्रमश श्यामलाल लामा (काठमाडौ), फुर्वा तामाङ (दोलाखा), नवराज वाईबा (मकवानपुर), बबिलाल तामाङ (चितवन), विकास वाईवा (काभ्रे) चयन भएका हुन ।

अधिवेशनको हेटौँडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा तामाङ पत्रकार संघका नेता तथा अगुवाहरुको उपस्थिती रहेको थियो ।