हेटौँडा । मकवानपुरको मनहरीमा सोमबार बिहान स्कारपियो दुर्घटना हुँदा चार जना घाइते भएका छन ।

मनहरी–९ खरङ्गामा स्कारपियो दुर्घटना हुँदा चालक बारा निजगढ–७ बस्ने ४५ वर्षीय धन बहादुर स्याङतान, उहाँको श्रीमती ३८ वर्षीय हरिमाया लामा, छोरा १३ वर्षीय यरोश तामाङ, र सोही स्थान बस्ने ३३ वर्षीय सबु लामा घाइते भएका हुन ।

घाइतेहरूको टाउको, अनुहार र छातीमा भित्री चोट लागेको छ । घाइतेहरूको उद्धार गरी उपचारको लागी मनहरी अस्पताल पठाएकोमा सामान्य उपचार पश्चात् थप उपचारका लागि भरतपुर चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

निजगढ बारा बाट चितवन तर्फ जादै गरेको प्रदेश ३–०१–२२ च ६८६२ नम्बरको स्कारपियो कार आफै अनियन्त्रित भई सडक बायाँ साईडमा रहेको विद्युतको पोलमा ठोक्किएर सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।