कास्की। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटी राखेर बिहीबार साँझ रिहा भएका छन ।
यसअघि आजै लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटी माग गरेको हो।
रास्वपा नेता डीपी अर्यालले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने शर्तमा प्रहरीले रिहा गरेको जानकारी प्राप्त भएको छ । सभापति लामिछाने सेतो गाडी चढेर बाहिरिएकाे तस्बिर सार्वजनिक भएको छ । उनलाई फिस्टेल अस्पताल गैर पाटनमा लगिएको छ र त्यहाँ उनको स्वास्थ्य परीक्षणपछि नेता डिपी अर्याल र परिवारका सदस्यलाई जिम्मा लगाउने जानकारी प्रहरीले दिएको छ ।












प्रतिक्रिया दिनुहोस्