
हेटौँडा । मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुदा दुईजनाको मृत्युु भएको छ भने १२ जना घाइते भएका छन । आज शनिवार दिउँसो एक बजेको समयमा मनहरी ६ डिपार्ट स्थित पुर्ब पश्चिम सडकखण्मा स्कारपियो र कार एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कार चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका ४ स्कुलरोड बस्ने ६० बर्षिय सुरेन्द्र लाल श्रेष्ठ र कारमा सवार चितवन राप्ति नगरपालिका २ गड्यौली बस्ने ५० बर्षिय सुनिता श्रेष्ठकाे उपचारको क्रममा नँया मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको हो ।
त्यस्तै कारमा सवार चितवन राप्ति नगरपालिका २ गड्यौली बस्ने बर्ष ५५ को ओम कुमार श्रेष्ठ, २१ बर्षिय सुमिना श्रेष्ठ, स्कारपियोमा सवार पर्सा बिरगंज महानगरपालिका २ छपकैया बस्ने २६ बर्षिय पुजा देवि शाह, उनको छोरी ८ बर्षिय प्रियान्सि शाह, २३ बर्षिय सुरदी देवि, २१ बर्षिय निशा कुमारी शाह, १५ बर्षिय ओम संकर साह, १९ बर्षिय राजिब कुमार साह, १९ बर्षिय आरती कुमारी साह, ४ बर्षियन दिब्या कुमारी साह,१६ बर्षियन सरोज शर्मा र १९ बर्षिया रोशनी शर्मा घाइते भएका हुन ।
बिरगंजबाट चितवन तर्फ जादै गरेको बागमती प्रदेश ०१-०२६ च ५२५० नं.को स्कारपियो र चितवनबाट हेटौंडा तर्फ आउदै गरेको बा १६ च ८३२४ नं.को कार एकआपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरिक्षक बिशाल सापकोटाको कमाण्डमा ट्राफिक सहितको टोलीले दुबै सवारीको चालक सहित घाइतेलाई उद्धार गरी उपचारको लागी चितवन पठाएको प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । घाइतेहरूको हात, खुट्टा, टाउको र आखामा चोट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्