हेटौंडा । मकवानपुर प्रहरीले लागु औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले २ किलो २०० ग्राम लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेको हो ।

प्रहरी चौकी भैंसे मकवानपुरबाट खटिएको प्रहरी टोलीले भिमफेदी गाउँपालिका वडा नम्बर २ भैसे चेकपोष्टमा चेकजाँच गर्ने क्रममा मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ४ बस्ने वर्ष १९ को अमृत मोक्तानलाइ पक्राउ गरेको हो ।

पक्राउ परेका अर्का व्यक्तिको भने प्रहरीले परिचय र फोटो दुबै सार्वजनिक गरेको छैन । लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई दुबै जनालाई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।