हेटौंडा । हेटौंडाको बसपार्कबाट लागु औषध सहित चिवनका दुई जना पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिडिरहेका युवाहरुलाई चेकजाँच गर्ने क्रममा लागु औषध बरामद गरेको हो ।

प्रहरीले चितवन राप्ती नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष २६ को अमृत सुनार र खैरहनी नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष २७ को किसन विश्वकर्माको साथबाट लागु औषध बरामद गरेको हो ।

प्रहरीका अनुसार उनीहरुको साथबाट डाइजेपाम १७ एम्पुल, फेनेरागन–१९ एम्पुल र नोफिन–१५ एम्पुल गरी जम्मा ५१ एम्पुल तथा लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ २४० मिली ग्राम बरामद गरेको थियो । प्रहरीले दुबैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।