हेटौँडा । हेटौँडामा एक जना महिला मृत अवस्थामा फेला परेका छन । हेटौँडा १ स्वर्गलोकमा महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडा १ स्वर्गलोक स्थित लीलामणि पौडेलको घर अगाडि मनहरी गाउँपालिका वडा नम्बर ३ हाडिखोला घर भएकी ३७ वर्षीया सीता ब्लोन बेबारिसे अवस्थामा मृत फेला परेकी हुन ।

मृतक ब्लोन हेटौँडा बजार क्षेत्रमा कबाडीको काम गरी व्यवारिसे अवस्थामा बस्दै आउनुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।