हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१८ नं. वडा आज बुधवार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।

हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता एवम वडाध्यक्ष अनिलकुमार बानियाँको अध्यक्षतामा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।

वडाको प्रतिवेदन प्रस्तुत गर्नुहुँदै वडाध्यक्ष बानियाँले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न आवश्यक ५१ वटा सूचक पूराभएसँगै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको जानकारी दिए ।

५१ वटा सूचकमध्ये ४६ वटा सूचकमा १०० प्रतिशत र बाँकी सूचकमा घोषणाका लागि आवश्यक नतिजा हाँसिल गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको उनले बताए । १८ नम्बर वडा पनि बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणासँगै बालमैत्री घोषणा हुने वडाको संख्या १५ पुगेको छ ।