
हेटौँडा । थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा नगरपालिकाले पहल गरिरहेको बताएका छन् । मकवानपुर थाहा नगरपालिकाको चित्लाङमा रहेको स्वच्छन्द भैरव माध्यमिक विद्यालयको ६६ औं वार्षिक उत्सव कार्यक्रममा उनले नीजि विद्यालयसँग प्रतिष्पर्धा गर्न सक्ने गरि सामुदायिक विद्यालयको विकास गर्नुपर्नेमा जोड दिए ।
थाहा नगरपालिका–९ चित्लाङमा रहेको स्वच्छन्दको ६७ औ वार्षिकोत्सव तथा अभिभावक भेला तथा ७४ औं सहिद दिवस कार्यक्रम थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा भएको हो । वार्षिक उत्सवको अवसरमा विविध सांस्कृतिक कार्यक्रमका साथै, पुरस्कार वितरण, छात्रबृत्ति वितरण गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तथा वडा अध्यक्ष राजकुमार बलामीको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहको अवसरमा विद्यालयका आजिवन सल्लाहकार तथा पुर्व विद्यार्थी समेत रहेका नेपाल निर्माण व्यावसायी संघका पुर्व केन्द्रिय अध्यक्ष जयराम लामिछाने,थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधव बिक्रम मल्ल,मदन भण्डारी विश्व विद्यालयका पब्लिक कोअर्डिनेटर शम्भु अधिकारी च्वाइस नेपालका नेपाल निर्देशक प्रतीक शर्मा, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष असोक सिंह ठकुरी लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बिष्णु दहाल द्वारा विद्यालयको वार्षिक प्रतिवेदन तथा आयव्यय प्रस्तुत गरेका थिए ।
समारोहमा कार्यपालिका सदस्य अन्जु श्रेष्ठ,वडाका जनप्रतिनिधिहरु, पुर्व विद्यार्थीहरु,विद्यालय व्यवस्थापन समितिका सदस्यहरु,शिक्षक अभिभावक संघका पदाधिकारी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।
वार्षिक उत्सव कार्यक्रममा च्वाइस नेपालको तर्फ बाट ५ जना विद्यार्थी लाई र शिक्षा शाखा थाहानगर तथा विद्यालयको अक्षयकोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरिएको विद्यालयका शिक्षक जंगबहादुर लामाले जानकारी दिए ।
कार्यक्रममा विद्यालयलाइ निरन्तर सहयोग गर्ने च्वाइस नेपालका निर्देशक प्रतीक शर्मा,सल्लाहकार जयराम लामिछाने,हरीहर लामिछाने,डाक्टर सुमित्रा मानन्धर,असोक सिंह ठकुरी,लक्ष्मण रेग्मी,हरीशरण नेपाल,दल बहादुर गुरुङ,सुरेश लामिछाने,संजय बलामी र रोशन बलामीलाइ सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्