
हेटौँडा । थाहा नगरपालिका ९ स्थित चित्लाङ खोलामा दुईवटा पक्की पुलको निर्माण थालिएको छ ।
वडाको कपुगाउँ,खर्क,खलिवन लगायत खर्क हुँदै वडा कार्यालय तथा काठमाडाैँ आउजाउ गर्न सहज बनाउन एकै वडाको एउटै खोलामा दुईवटा पक्कि पुल निर्माण थालिएको हो ।
उक्त दुई पुलको थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्ट,निर्माण व्यावसायी महासंघका पुर्व केन्द्रिय अध्यक्ष तथा समाजसेवी जयराम लामिछाने र वडा अध्यक्ष राजकुमार बलामीबाट सयुक्त रुपमा शिलान्यास गरिएको छ ।
दुईवटा पुलको शिलान्यास पश्चात नगर प्रमुख बिष्टले जनताको माग अनुसार एकै गाँउमा एउटा खोलामा दुईवटा पुल बनाउन थालिएकाले निर्माण पश्चात कृषि उपज बजार पुर्याई आर्थिक गतिविधि चलायमान र वडा कार्यालय आउन तथा चन्द्रागिरी सडकको बैकल्पिक सडकको रुपमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माण र आयोजनाको प्रभावकारिता अध्ययनन अनुसार गाँउमा उत्पादन भएका कृषि उपजलाई सहज रुपमा बजार पुर्याउन पुलको अत्यावश्यक देखिएकाले बजेट बिनियोजन गरिएको हुदाँ सोही अनुसार लाभ लिन उनले स्थानीय लाभग्राहीलाई आग्रह गर्दै बजेटको लागि प्रदेश सरकार संग समन्वयको भुमिका निर्वाह गरिदिएकोमा जयराम लामिछानेलाई धन्यवाद दिए ।
निर्माण व्यावसायि महासंघका पुर्व अध्यक्ष जयराम लामिछानेले एकैसाथ शिलान्यास गरिएका दुई पुललाई पनि समयअवधि भित्रै काम पूरा गर्न उनले निर्माण व्यावसायीलाई सचेत गराए ।
चित्लाङ खोलामा निर्माण थालिएका दुई पुल मध्ये कुस्लेचौर कपुगाउँ जोड्ने पक्कि पुलको लागत १ करोड ३लाख रहेको छ भने भैरव थान–खर्क खलिवन जोड्ने पुलको लागत १ करोड २ लाख रहेको छ । उक्त दुई पुल वि सं.२०८२ असारसम्म सम्पन्न गर्नुपर्ने गरेर निर्माण व्यावसायीलाई जिम्मेवारी दिइएको छ ।
पुल निर्माणको लागि बागमती प्रदेश सरकारको स्थानीय पुर्वाधार बिकास आयोजना कार्यालय हेटौँडा बाट बजेट बिनियोजन भएको हो ।
प्रतिक्रिया दिनुहोस्