
हेटाैँडा । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–४ जुरेलीबजार नजिक आज बिहान अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बकैयाको हाँत्तिसुडेबाट ठुलोदमारतर्फ गइरहेको बा४०प ५३०६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक ३३ वर्षीय रुपक दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दियाली घाइते भएका थिए । घाइतेलाई तत्काल बकैया अस्पतालमा प्रारम्भिक उपचार पश्चात हेटौंडा अस्पताल ल्याइएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका दियालीलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।
Visited 192 times, 1 visit(s) today
प्रतिक्रिया दिनुहोस्