हेटाैँडा। मकवानपुरमा शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत मकवानपुरमा पनि ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई भिटामिन ‘ए’ तथा एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाउन सुरु गरिएको हो ।

जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार दुईदिने अभियानमा ३३ हजार तीन सय १० बालबालिकालाई भिटामिन ‘ए’ तथा २९ हजार तीन सय ९९ जना बालबालिकालाई जुकाको औषधी खुवाइने लक्ष्य लिइएको छ ।

जसका लागि जिल्लाभरीमा चार सय ७२ जना स्वयंसेविका परिचालन गरिएको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए।

मकवानपुरको १० पालिकामध्ये हेटौँडा उपमहानगरपालिकाका १४ हजार पाँच सय ८७ जना, थाहा नगरपालिकाका दुई हजार ६ सय ८३, इन्द्रसरोवरमा नौ सय ४६, कैलाशमा एक हजार चार सय ९८, राक्सिराङमा एक हजार ८ सय २५, मनहरीमा तीन हजार पाँच सय ३९, भीमफेदीमा एक हजार चार सय ७९, मकवानपुरगढीमा एक हजार सात सय ६, बकैयामा दुई हजार नौ सय ६ र बागमतीमा दुई हजार एक सय ४१ बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने लक्ष्य लिइएको सूचना अधिकारी घिमिरेले जानकारी दिए।

त्यस्तै हेटौंडा उपमहानगरपालिकाका १२ हजार ८ सय ७३ जना, थाहा नगरपालिकाका २ हजार ३ सय ६८, इन्द्रसरोवरमा ८ सय ३५, कैलाशमा १ हजार ३ सय २२, राक्सिराङमा १ हजार ६ सय ११, मनहरीमा ३ हजार १ सय २५, भीमफेदीमा १ हजार ३ सय ६, मकवानपुरगढीमा १ हजार ५ सय ४, बकैयामा २ हजार ५ सय ६५ र बागमतीमा १ हजार ८ सय ९० बालबालिकालाई जुकाको औषधी खुवाइने भएको छ ।

कार्यालयका अनुसार दश पालिकामध्ये सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा १२ हजार ८ सय ७३ जनालाई जुकाको औषधी र १४ हजार पाँच सय ८७ जनालाई भिटामिन ‘ए’ खुवाइने भएको छ भने सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाका इन्द्रसरोवरमा नौ सय ४६ जना बालबालिकालाई भिटामिन ‘ए’ र ८ सय ३५ लाई जुकाको औषधी खुवाइने भएको हो ।

सूचना अधिकारी घिमिरेका अनुसार हरेक वर्ष दुई चरणमा सरकारले देशैभरका उमेर लक्षित बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने गरेको छ ।

यसअघि मकवानपुरमा कात्तिक २ र ३ गते पहिलो चरणमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको थियो । साथै घर नजिकैको खोप केन्द्रमा गएर आफना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउनसमेत जनस्वास्थ्य कार्यालय मकवानपुरले अनुरोध गरेको छ । गाेरखापत्रबाट

Visited 21 times, 1 visit(s) today