
हेटौँडा । हेटौँडा–७ न्यूरेनीमा रहेको श्री श्री निवास लक्ष्मीनारायण मन्दिरको २५ औँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
हेटौँडा–७ का वडा अध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यता एवम मन्दिरका अध्यक्ष जनार्दन पौडेलको सभाध्यक्षतामा साधारणसभा भएको हो ।साधारणसभामा मन्दिरका अध्यक्ष जनार्दन पौडेलले संस्थागत र आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा नेपाली काङ्ग्रेस मकवानपुरका प्रवक्ता एवम भूमि आयोग मकवानपुरका सदस्य अर्जुनप्रसाद चौलागाई, लक्ष्मीनारायण मन्दिर हेटौँडा ५ का मठाधिश रामानुजाचार्य, बैष्णव युवा परिषद मकवानपुरका अध्यक्ष दुर्गाप्रसाद न्यौपाने, रानी सामुदायिक वनका अध्यक्ष केशव धिताल, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की , बंशगोपाल माविका पूर्व प्रअ रमेश प्रसाद लामिछाने, चौघडा सहकारीका सचिव अर्जुनप्रसाद हुमागाई, सल्लाहकार रघु प्रसाद आचार्य, सञ्चारकर्मी भीमसेन पौडल लगायतको सहभागिता रहेको थियो ।
मन्दिरले मन्दिर सञ्चालनको लागि विभिन्न सहकारी संस्थाहरुमा २५ लाख भन्दा बढी रकम अक्षय कोषमा राखेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्