हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ कोलखोपमा आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

बिहीबार दिउसो ३ बजेर ३० मिनेटको समयमा आगलागी हुँदा सोनाम सिंह मोक्तानको घर पूर्ण रूपमा जलेर नष्ट भएको वडाध्यक्ष ज्ञानेन्द्र बजगाईँले जानकारी दिए । आगलागीबाट घरमा भएको लत्ता कपडा, भाँडाकुँडा, मकै, कोदो, सिमी, नगद र जिन्सी सबै जलेर नष्ट भएको छ ।

आगलागीबाट करिब १० लाख बराबरको क्षति भएको छ । वस्तुलाई खोले पकाउने क्रममा आगोको झिल्काले आगलागी हुँदा घर जलेर नष्ट भएको छ । गरिब र विपन्न परिवार भएकाले आगलागीबाट पूर्ण क्षति भएकाले सहयोग गरिदिन अपिल गरिएको छ ।