जब कुनै महिला गर्भवती हुन्छिन्, उनले सबैभन्दा पहिले सोच्ने कुरा भनेको बच्चा स्वस्थ जन्मियोस् । त्यसो त गर्भावस्था महिलाको लागि एकदमै जटिल समय हो । यो बेला स-साना कुरामा ध्यान नदिए निकै जोखिमपूर्ण अवस्थाको समेत सामना गर्नुपर्ने हुनसक्छ ।

त्यसैले, स्वस्थ बच्चा र स्वस्थ आमाका लागि यो संवेदनशील समयमा गर्भवती महिला र परिवारका अन्य सदस्यले विशेष ख्याल राख्नुपर्छ । स्वस्थ बच्चा जन्माउनका लागि गर्भवती महिलाले के के कुरामा ध्यान दिनुपर्छ ।

गर्भवतीले ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरु यस्ताे छ ।

१. मानसिक तनाव नलिइकन काम गर्ने।

२. धेरै यात्रा नगर्ने।

३. लगातार कम्प्युटरमा काम नगर्ने।

४. रेडिएसन आउने बस्तुवाट बच्ने जस्तै: मोवाइल, एक्स रे आदि।

५. लामो समय कुर्सीमा बसेर काम गर्नु परेमा बीचबीचमा केहीबेर हिँड्ने।

६. खानपानमा ध्यान दिने।

७. फलफूल र पौष्टिक खाना बोकेर हिँड्ने र समय मिलाएर खाने।

८. भोक नलागे पनि खाना खाने।

९. पानी बढी पिउने।

१०. गर्भावस्थामा धेरै शारीरिक परिवर्तन हुने हुनाले अस्वस्थ महसुस भएमा अस्पताल जाने र घरमा आराम गर्ने।

११. बेला बेलामा चिकित्सकको सल्लाह लिने। अन्तिम महिनामा घरमै बस्ने।

१२. टाइट कपडा र हिल जुत्ता नलगाउने।

१३. चिकित्सकको सल्लाह अनुसार मात्र औषधि सेवन गर्ने।

१४. हरियो सागसब्जी बढी खाने।

१५. सकारात्मक सोचाई राख्ने।

१६. पहिलो ३ महिना र अन्तिम ३ महिना सकभर यौनसम्पर्क नगर्ने।  यौन सम्पर्क गर्नु परेमा पनि पेटमा दबाब नपुग्ने गरी गर्ने।

१७. गर्भावस्थामा गरिने योग सल्लाहअनुसार मात्र गर्ने।

१८. मादक पदार्थ सेवन नगर्ने।

१९. धूमपान नगर्ने।

२०. एकैपटक धेरै खाना नखाने।

२१. चिल्लोपदार्थ धेरै नखाने।  जङ्कफुड सेवन नगर्ने।

२२. थकान महसुस हुने वित्तिकै आराम गर्ने।

२३. खाली पेट नबस्ने।

Visited 12 times, 1 visit(s) today