हेटौंडा । नेपाल मानव अधिकार संगठन, मकवानपुरको सभापतिमा सर्मिला श्रेष्ठ चयन भएकी छन् ।

छैठौं वार्षिक साधरणसभा तथा तेस्रो जिल्ला अधिवेसनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उप सभापतिमा राजबाबु पहाडी सचिवमा सुवास चन्द्र अधिकारी, सहसचिवमा मञ्जु खराल, कोषाध्यक्षमा सुमित्रा थिङ चयन भएका छन ।

समितिको सदस्यमा अपेक्षा बस्नेत, श्रद्धा ढुङ्गाना, राजेश गरिब, बिमला नेपाली इन्दिरा लुइटेल र तेजकुमारी थापा रहेका छन् । कार्यक्रममा निर्वाचन समिति संयोजक कृष्ण प्रसाद दाहाल, सदस्यमा बिजेन्द्र अग्रवाल र अधिवक्ता रमा चौँलागाईलगायतकाको सहभागिता रहेको थियो ।