हेटाैँडा । स्थानीय प्रशासनको सहयोगमा बाक्लो सुरक्षाकर्मीको उपस्थितिका बिच सडक डिभिजन कार्यालय हेटौँडाले राजमार्गको दुवैतर्फ २५/२५ गजभित्र परेका अतिक्रमित स्थायी तथा अस्थायी संरचना भत्काउने काम अघि बढाएको हो।
डिभिजन कार्यलयका झन्डै ६/७ वटा डोजर र स्काभेटरको प्रयोग गरेर अहिले बुद्धचोकदेखि सीमाचोक क्षेत्रमा रहेको घरहरू भत्काउने काम भइरहेको डिभिजन कार्यालयले जनाएको छ। यससँगै बजारका अन्य ठाउँहरूमा पनि एकैपटक डोजर परिचालन गरी तीन–चार स्थानबाट विस्तार कार्य थालिएको छ।
१५ दिने अल्टिमेटम सकिएपछि जबर्जस्ती हटाउन थालेको डिभिजन सडक डिभिजन हेटौँडाले गत मंसिर ५ गते महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म २५–२५ गज (७५–७५ फिट) सडक सीमा कायम गर्दै संरचना हटाउन १५ दिने अल्टिमेटमसहित सार्वजनिक सूचना जारी गरेको थियो। तर, अन्तिम दिनसम्म पनि सडक सीमाभित्रका संरचना स्वैच्छिक रूपमा नहटेकाले डिभिजनले आफैँ भत्काउने काम सुरु गरेको हो।


















प्रतिक्रिया दिनुहोस्