हेटौंडा । विश्व क्षयरोग दिवसको अवसरमा हेटौंडामा प्रभातफेरीको आयोजना गरिएको छ ।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहीबार विश्व क्षयरोग दिवसको अवसरमा हेटौंडा नगरक्षेत्रमा प्रभातफेरीको आयोजना गरेको हो । प्रभातफेरीपछि निर्देशनालय परिसरमै पुगेर सभामा परिणत भएको थियो ।
सभामा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा, हेटौंडा अस्पतालका निमित्त मेसु डा. हरिबहादुर खड्का, बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठ लगायतकाको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्