काठमाडौँ । सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी बिहीबार विश्वकर्मा पूजा मनाइने भएको छ । आश्विन सङ्क्रान्तिका अर्थात् असोज १ गते कालिगडले विभिन्न फलामे औजार र कलकारखानाको पूजाआजा गरेर विश्वकर्मा पूजा गरिन्छ ।
विश्वकर्माको मूर्ति बागमती मुहान स्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।













प्रतिक्रिया दिनुहोस्