हेटौंडा । लागुऔषध सहित मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बिशेष सुचनाको आधारमा मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं. ७ नागस्वती बस्ने २२ बर्षीय सन्देश ब्लोनलाई पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट हरीयाली मकवानपुरबाट प्रहरी सहायक निरीक्षक लक्ष्मण बिकको नेतृत्वमा गएको प्रहरी टोलीले ब्लोनको घरमा चेकजाँच गर्ने क्रममा दराज र प्लङमा लुकाई छिपाई राखेको लागुऔषध ट्रामा १०४० ट्याबलेट, नाईट्रोभेट ५२५ ट्याब्लेट र कोरेक्स १० बोतल बरामद गरेको थियो ।

लागुऔषध सहित पक्राउ परेका ब्लानेलाई थप अनुन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।